छिटपुट अवरोधका बीच देशभर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ । आइतबार बिहानदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन् ।
यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, गोरखा, झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, पर्सालगायतका जिल्लाबाट न्युज कारखानाका संवाददाताका अनुसार मतदान केन्द्रमा बिहानैदेखि पातलो लाइन छ । बिहानको सवा १० बजे भइसक्दा पनि मतदाताको भीड देखिएको छैन ।
निर्वाचन आयोगले देशभर ७५ प्रतिशत मत खस्ने अनुमान गरेको छ । तर, मतदान केन्द्रमा मतदाताको न्यून उपस्थितिले मत खस्ने प्रक्षेपण गलत सावित हुने देखिएको छ ।
जारी निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेको छ । उसले घोषित रूपमै निर्वाचन बिथोल्ने भनेकाले ठाउँठाउँमा अवरोधको प्रयास गरेकाले पनि धेरै मत नखस्ने अनुमान गरिएको छ ।
केही जिल्लामा भने गठबन्धन र विपक्षी कार्यकर्ताका कारण मतदान प्रभावितबाहेक मतदान शान्तिपूर्ण रूपमा चलिरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |