मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन् । प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए । उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजीत गरेका हुन् । योगेशले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी प्रेमले ३ हजार ७८ मत मात्रै पाए ।
प्रदेश सभा (क) मा कांग्रेसका नम्डु गुरुङले एमालेका इन्द्रधारा विष्टलाई हराए । ३२ वर्षका नम्डु गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजीत भएका थिए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी विष्टले ७ सय ९३ मत पाए ।
प्रदेश (ख) मा पनि कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
गौचनलाई १ सय ५८ मत अन्तरले हराएर शेरचन विजयी भए । शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५ सय ६५ मत पाए । यहाँ ५५ मत बदर भएको छ । मुस्ताङमा एमालेका तीनै उम्मेद्वार निवर्तमान सांसद हुन् भने कांग्रेसका तीनै उम्मेद्वारले डेब्यु गरेका हुन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |