लुम्बिनीका २६ निर्वाचन क्षेत्रमध्ये २५ क्षेत्रको मत परिणाम भइरहेको छ । गुल्मी २ मा रोकिएको एक केन्द्रमा आज मतदान भइरहेकाले मतगणना गर्न बाँकी छ । पछिल्लो अपडेटअनुसार नवलपरासीका दुई क्षेत्रमध्ये १ मा कांग्रेसका विनोद चौधरी र २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले अग्रता लिएका छन् ।
रुपन्देहीका ५ क्षेत्रमध्ये १ मा एमालेका छविलाल विक र ५ मा वासुदेव घिमिरे, २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, ३ मा राप्रपाका दीपक बोहरा, ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले अग्रता लिएका छन् ।
पाल्पाका दुई क्षेत्रमा एमालेका उम्मेदारले अग्रता लिएका छन् । १ बाट नारायण आचार्य र २ मा ठाकुर गैरेले अग्रता लिएका हुन् । गुल्मी २ मा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् भने १ मा स्थगित भएको एक केन्द्रमा आज मतदान भएपछि गणना हुनेछ ।
अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन् । कपिलवस्तुको १ मा एमालेका बलाराम अधिकारीले अग्रता लिएका छन् भने २ मा कांग्रेसका सुरेन्द्र आचार्य र ३ मा अभिषेक शाहले अग्रता लिएका छन् ।
दाङका ३ क्षेत्रमध्ये १ मा नेकपा एसका मेटमणि चौधरी, २ मा माओवादीका रेखा शर्मा, ३ मा कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन् । बाँकेको १ मा एमालेका सूर्य ढकाल, २ मा राप्रपाका धवलशमशेर राणा र ३ मा कांग्रेका किशोरसिंह राठोरले अग्रता राखेका छन् । बर्दिया १ मा नागरिक उन्मुक्तिका ठाकुरसिंह थारु र २ मा स्वतन्त्रका लालबिर चौधरीले अग्रता लिएका छन् ।
रुकुमपूर्वमा माओवादीका पूर्णबहादुर घर्तीले अग्रता लिएका छन् । रोल्पामा माओवादीका वर्षमान पुनले अग्रता लिएका छन् । मंगलबार मात्रै गणना सुरु भएको प्युठानमा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिएका छन् ।
एमाले :
रुपन्देही–१ छविलाल विश्वकर्मा, ५ मा वासुदेव घिमिरे, पाल्पा–१ नारायण आचार्य, २ ठाकुर गैरे, गुल्मी– २ गोकर्ण विष्ट, अर्घाखाँची टोपबहादुर रायमाझी, प्यूठान सूर्य थापा, कपिलवस्तु– १ बलाराम अधिकारी, बाँके– १ सूर्य ढकाल
कांग्रेसः
पश्चिम–नवलपरासी– १ विनोद चौधरी, कपिलवस्तु– २ सुरेन्द्र आचार्य र ३ मा अभिषेकप्रताप शाह, दाङ– ३ दिपक गिरी, बाँके– ३ किशोरसिंह राठौर
माओवादीः
रुकुम पूर्व पूर्णबहादुर घर्ती, रोल्पा वर्षमान पुन, दाङ– २ रेखा शर्मा
राप्रपाः
पश्चिमनवलपरासी– २ ध्रुवबहादुर प्रधान, रुपन्देही– ३ दीपक बोहरा, बाँके– २ धवलशमशेर राणा
स्वतन्त्र:
बर्दिया– २ लालबीर चौधरी
नागरिक उन्मुक्ति
बर्दिया– १ ठाकुरसिंह थारु
नेस्वपाः
रुपन्देही– २ गणेश पौडेल
लोसपाः
रुपन्देही ४ सर्वेन्द्रनाथ शुक्ला
एकीकृत समाजवादी :
दाङ– १ मेटमणि चौधरी
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |