नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका तीन जना बागी उम्मेदवारले अग्रता कायम गरेका छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा उनीहरूले लगातार अग्रता लिइरहेका छन् ।
नेकपा एमालेबाट टिकट नपाएपछि सर्लाही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका मानबहादुर खड्काले लगातार अग्रता कायम गरिरहेका छन् । लोकतान्त्रिक समाजवादीका उम्मेदवार रामप्रकाश चौधरीले खड्कालाई पछ्याइरहेका छन् । यस्तै यस क्षेत्रमा एमालेसँग गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका प्रमोद साह तेस्रो स्थानमा छन् ।
महोत्तरी ३ एमालेका बागी राम आधार कापरले समेत अग्रता लिइरहेका छन् । एमालेको समर्थन रहेका लोसपाका महन्थ ठाकुरलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार कापरले अग्रता कायम गरिरहेका छन् । यस क्षेत्रमा जसपाका हरिनारायण यादव तेस्रो स्थानमा छन् ।
यस्तै मोरङ क्षेत्र नम्बर ५ मा समेत एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका योगेन्द्र मण्डलले मतान्तर बढाएका छन् । मण्डलले लगातार अग्रता कायम राखेका छन् । उनलाई नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल केवटले पछ्याइरहेका छन् । भने तेस्रोमा जसपाका राजकुमार यादव रहेका छन् । यस क्षेत्रमा पनि एमालेले जसपालाई सघाउने गरी उम्मेदवारी दिएका थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |