माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामको समग्र विश्लेषण र संश्लेषण गर्नैपर्ने बताएका छन् ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मतगणना जारी रहेकै बेला बुधबार उनले अहिलेको निर्वाचनले निश्चित सन्देश दिएको बताएका छन् । यसबारे पार्टीमा बहस र छलफल हुनुपर्ने उनको तर्क छ ।
निर्वाचनको परिणामबारे अहिलेसम्म माओवादीका ठूला नेता कसैले पनि टिप्पणी गरेका छैनन् । सबैले नतिजा कुरिरहेका छन् । तर, नेता श्रेष्ठले भने बुधबार सामाजिक सञ्जालबाट निर्वाचन परिणामबारे विश्लेषण र संश्लेषण गर्नुपर्ने तर त्यसका लागि घोत्लिन जरुरी नभएको उल्लेख गरेका छन् । उनले सबै आँधीबेरी जीवन ध्वंश गर्न नभई बाटो सफा गर्न पनि आउने बताएका छन् ।
‘निर्वाचन परिणाम आइरहेका छन् । यसले निश्चित सन्देशहरु दिएको छ । यसबारेमा समग्र विश्लेषण, संश्लेषण गर्नै पर्छ । त्यसका लागि धेरै घोत्लिनुपर्ने स्थिति पनि छैन । निष्कर्ष सहज बोधगम्य नै छ । तर अहिले यति मात्रः बुद्ध शिक्षाको महत्वपूर्ण निम्न अंशलाई मनन गरौं । सबै आँधिबेरीहरु तपाईको जीवन ध्वंश गर्न मात्र आउँदैनन्, कुनै तपाईको बाटो सफा गर्न पनि आउँछन् ।’
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |