धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ को प्रदेश सभा ‘ख’ मा खसेको भन्दा धेरै मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ । १ हजार १ सय ९ मतदाताले मतदान गरेको मुचुल्का भएको तर मत गन्ने तयारी गर्दा १ हजार २ सय १ मतपत्र भेटिए पछि गणना स्थगित भएको हो ।
खनियाँबास गाउँपालिका-४ गणेशकुण्ड मतदान केन्द्रको मतपेटिकाको दुई वटा सिल तोडिएको भन्दै राप्रपा र एमालेका कार्यकर्ताहरुले प्रदर्शन समेत गरेका छन् । चार वटा केन्द्रको खसेको मतमा ९२ मतपत्र धेरै भेटिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार प्रदेश सभा ‘ख’ का उम्मेदवार नेकपा माओवादी केन्द्रका जगत सिंखडा २४६ मतले राप्रपाका उम्मेदवार डम्बर तामाङ भन्दा अगाडि हुनुहुन्छ । सिम्खडाको ९ हजार ८ सय ९ र तामाङको ९ हजार ५ सय ६३ मत रहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |