धादिङ,०८ मंसिर ।
धादिङ क्षेत्र नं २ को प्रतिनिधि सभामा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका रामनाथ अधिकारी बिजयी भएका छन् ।
अधिकारीले नेकपा एमालेका खेम लोहनीलाई १० हजार ५३३ मत अन्तरले हराउदै बिजयी भएका हुन् । काँग्रेसका अधिकारीेको ३४ हजार ४८३ मत आउँदा एमालेका लोहनीले २३ हजार ९५० मत प्राप्त गरेका छन् ।
रास्वपाका बशुमाया तामाङले ५ हजार ५२५ मत प्राप्त गरिन् । धादिङ–२ मा ६७ हजार ६०१ मत खसेको थियोे । खसेको मतमा ३ हजार ३७३ मत बदर भएको छ।
प्रदेश सभा (क) मा काँग्रेसका गोविन्द लम्सालले एमालेका डा.रामकुमार अधिकारीलाई हराए । काँग्रेसका लम्सालले १९ हजार ४१९ मत ल्याउँदा एमालेका अधिकारीले १६ हजार ४२२ मत पाए ।
प्रदेश सभा (ख) बाट राप्रपाका डम्बर तामाङ निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका जगत सिंखडालाई १३१ मत अन्तरले हराएका हुन् । तामाङको १४ हजार ४८१ मत आउँदा सिंखडाको १४ हजार ३५० मत आएको छ ।
धादिङको यस क्षेत्रमा एमाले राप्रपाको गठबन्धन र सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |