गुल्मी १ बाट नेपाली कांग्रेसका उम्मेदवार डा.चन्द्रकान्त भण्डारी विजयी भएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी भएका हुन् ।
उनले ३२ हजार २२७ र ज्ञवालीले ३० हजार ९३५ मत पाए । अघिल्लो निर्वाचनमा भण्डारीलाई ज्ञवालीले नै पराजित गरेका थिए । गुल्मी १ मा भण्डारी र ज्ञवालीको आलोपालो चलिरहेको छ ।
एमालेको पदाधिकारी पराजित हुने सूचीमा ज्ञवाली पनि थपिएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट पराजित भइसकेका छन् । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट भने विजयी भएका छन् ।
गुल्मी १ बाट पराजित ज्ञवालीले विजयी भण्डारीलाई बधाई तथा शुभकामना दिएका छन् । मतपरिणाम सार्वजनिक भएपछि मतगणनास्थलमा ज्ञवालीले भण्डारीलाई बधाई तथा शुभकामना दिएका थिए । ज्ञवालीले प्रतिकूल परिस्थितिका बाबजुद पनि प्रतिस्पर्धात्मक ढंगले मत ल्याएको र आफूलाई मत दिने सबैलाई धन्यवाद दिएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |