प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो ताजा मतपरिणामअनुसार माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा जित निकालेको छ ।
निर्वाचनअघि नेपाली कांग्रेसलगायतका दलहरूसँग गठबन्धन बनाएर गए पनि माओवादी केन्द्रले अपेक्षाकृत परिणाम भने हात पार्न सकेको छैन ।
हालसम्मको मत परिणाम हेर्दा माओवादी तेस्रो दलको हैसियतमा देखिन्छ । देशभर ४० भन्दा बढी क्षेत्रमा उम्मेदवारी दिएको माओवादी केन्द्रले कतिपय स्थानमा हार व्यहोरेको छ भने झण्डै आधा दर्जन निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ ।
हालसम्म १२ जना उम्मेदवारले भने विजय प्राप्त गरिसकेका छन् । जित निकाल्नेमा अध्यक्ष प्रचण्डलगायत छन् । प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । उपमहासचिव वर्षमान पुन रोल्पाबाट निर्वाचित भएका छन् ।
अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले रुकुम पश्चिमबाट जित हासिल गरेका छन् । जाजरकोटबाट शक्ति बस्नेत निर्वाचित भएका छन् । रामकुमार राईले खोटाङबाट विजय हासिल गरेका छन् ।
अमनलाल मोदी मोरङ ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । सिन्धुपाल्चोक १ बाट माधव सापकोटा, भोजपुरबाट सुदन किराती, सिन्धुली २ बाट लेखनाथ दाहालले जित हात पारेका छन् । यस्तै एमालेका महासचिव शंकर पोखरेललाई हराउँदै दाङ २ बाट रेखा शर्मा विजयी भएकी छन् ।
शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेलले बाग्लुङ २ बाट जित निकालेका छन् । पूर्णबहादुर घर्ती मगर रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |