मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई शुक्रबार मुख्य निर्वाचन अधिकृतको कर्यालयले प्रमाणपत्र प्रदान गरेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रममा बीच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शिवप्रसाद खनालले माला लगाएर प्रमाणपत्र प्रदान गरेका छन् ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत खनालले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुराउने सबै पक्षलाई धन्यवादसमेत दिए ।
कार्यक्रममा प्रतिनिधि सभामा निर्वाचत हुने नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सत्तारुढ गठबन्धनको तर्फबाट प्रदेश सभा क मा निर्वाचित हुने डा. टकराज गुरुङ र प्रदेश सभा ख मा निर्वाचित हुने भेषबहादुर पौडेललाई बधाई सहित निर्वाचत भएको प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्य र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |