प्रदेश तथा प्रतिनिधिसभातर्फको मतपरिणाम सार्वजनिक भइरहेको छ । प्रत्यक्षसँगै समानुपातिकतर्फको मतगणनासमेत जारी छ ।
निर्वाचन आयोगको मतपरिणाम विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थानमा पुगेको छ । उक्त पार्टी समानुपातिकतर्फ पाँच लाख ३१ हजार पाँच सय २० मत प्राप्त गरेको छ । प्रत्यक्षमा सात सिट जितिसकेकाे रास्वपाले समानुपातिकमा धेरै मत ल्याउने देखिएकाे छ ।
समानुपातिकतर्फ पहिलो दलका रूपमा एमाले देखिएको छ। एमालेले हालसम्म ११ लाख २१ हजार२२१ मत पाएको आयोगले जनाएको छ ।
दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले समानुपातिकतर्फ १० लाख ६३ हजार नौ ९५७ मत प्राप्त गरेको छ । चौथोमा माओवादी केन्द्र, पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ ।
निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रले समानुपातिकमा चार लाख ८६ हजार ९१ मत पाएको छ । राप्रपाले दुई लाख ८० हजार १०५ मत प्राप्त गरेको छ । छैटौंमा रहेको जनता समाजवादी पार्टी (जसपा) र सातौँ स्थानमा नेकपा एकीकृत समाजवादीले क्रमशः एक लाख ३१ हजार ८१० र ८० हजार तीन सय दुई मत पाएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |