आम निर्वाचन २०७९ को मतगणना जारी रहँदा अधिकांश क्षेत्रको मतगणना सार्वजनिक भइसकेको छ । यसले कुन दलको आकार कत्रो हुने र हैसियत के हुने भन्ने मोटामोटी चित्र देखाइसकेको छ । यस पटकको प्रतिनिधि सभामा २७ वर्षदेखि ८० वर्षसम्मका उम्मेदवार निर्वाचित भएका छन् । यहाँ ७० वर्ष नाघेका विजयी उम्मेदवारबारे चर्चा गरिएकाे छ ।
यस पटकको प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका चित्रबहादुर केसी सबैभन्दा बढी उमेरका सांसद हुनेछन् । केसीले ८० वर्ष नाघिसकेका छन् । केसी बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।
दोस्रोमा प्रधानमन्त्री शेरबहादुर देउवा छन् । उनी ७७ वर्षका भए । डडेलधुराबाट निर्वाचित भएका देउवा फेरि पनि प्रधानमन्त्रीको दौडमा देखिने प्रबल सम्भावना छ ।
अर्का ज्येष्ठ सांसद हुन् ध्रुवबहादुर प्रधान । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट निर्वाचित प्रधान हाल ७३ वर्षका छन् । यस्तै नेकपा झापा ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० वर्ष पुगिसकेका छन् ।
रुपन्देही–४ बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्ष पुगे । उनी पनि यस पटकको प्रतिनिधि सभा निर्वाचनबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ७२ वर्षीय पुगे । उनले पनि यस पटक मोरङ–६ बाट प्रतिनिधि सभा निर्वाचनमा जित हासिल गरेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |