गएको स्थानीय निर्वाचनअघि नै माओवादी केन्द्रका महासचिव देव गुरूङ र एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङ वाम गठबन्धन हुनुपर्ने अभिव्यक्ति दिइरहन्थे । तर, दुवै पार्टीका नेतृत्वले उनीहरूको प्रयासलाई इन्कार गर्याे ।
२०७४ को स्थानीय तह चुनावमा देशभर कांग्रेस-माओवादी तालमेल भइरहँदा लमजुङमा ‘वाम गठबन्धन’को सुरुवात भएको थियो । पछि केन्द्रीयस्तरमै पार्टी एकीकरण गर्नेगरी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभर तालमेल भयो ।
०७४ मा देव गुरुङ एमालेको सहयोगमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । यसपटक पनि निर्वाचनअघि पृथ्वीसुब्बा र देवबीच गठबन्धन गर्ने विषयमा छलफल भएको थियो । `चुनावअघि पनि गठबन्धनका विषयमा उहाँ र मेरो कुराकानी त भयो । तर सार्थकता पाएन´, एमाले उपमहासचिव गुरूङले भने ।
२०७४ मा देव गुरुङको सहयोगी बनेका पृथ्वीसुब्बा गुरुङले अहिले उनैलाई हराउँदै पाँच वर्षका लागि संसदको यात्रा तय गरे। देवले पृथ्वीसुब्बालाई बधाई दिँदै वाम एकताकाे प्रयास गर्न प्रस्ताव गरेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |