नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित ¥यालीलाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले मुलुकको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताउनुभयो । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न गर्नुभयो । उहाँले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाएपनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गर्नुभयो ।
क्षेत्र नंं ५ मा पर्ने कमल गाउँपालिकाको वडा नं. ५ को वसन्त चोकदेखि सुरु भएको विजयी ¥यालीमा सहभागी हुँदै उहाँ सिमावर्ती गौरीगञ्ज सम्म पुग्नु भएको हो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |