धादिङ,१० मंसिर।
धादिङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मत गणना सकेर समानुपातिकको मत गणना गर्दा प्रत्यक्षतर्फ मतको बाक्सा भेटिएको छ। मुख्य निर्वाचन अधिकृत, कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरुकै कमजोरीका कारण उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ४ को गणेशकुण्ड मावि मतदान स्थलको ख केन्द्रको प्रत्यक्षतर्फको मतपेटिका गणनामा गर्न छुटेको हो ।
क र ख गरी २ वटा केन्द्र रहेको मतदान स्थलमा ख केन्द्रमा रहेको चार सय ५१ मत गणनामै छुटेको मुख्य निर्वाचन अधिकृत स्विकृती पराजुलीले बताउनुभयो। रातको समयमा सबैतिरको मतपत्रहरु एकै पटक आउँदा भण्डारमा राख्ने क्रममा प्रत्यक्ष तर्फको मतपेटिका समानुपातिकतर्फ परेको र मतगणना सम्पन्न गर्दा मतपेटिका नगन्नु त्रुटी भएको पराजुली स्वीकार गर्नुभयो।
मतदाताले मत जाहेर गरेपछि कुनै पनि भुलवस जुनसुकै बाक्सामा परेपनि सदर गर्ने मतगणना पूर्वनै सर्वपक्षीय सहमति अनुसार छुटेको मतपेटिका पुनः गणना गरी प्रत्यक्षतर्फका उम्मेदवारको मत थप गरिएको पराजुली बताउनुभयो।
जसका कारण नेपाली कांग्रेसका रामनाथ अधिकारी र निकटतम प्रतिद्वन्दी नेकपा एमालेका खेम प्रसाद लोहनीको मत परिणामको अन्तर पनि फरक परेको छ । पछि फेला परेको मत गणना गर्दा नेपाली कांग्रेसका अधिकारीलाई भन्दा नेकपा एमालेका खेम प्रसाद लोहनीलाई १८ मत बढी आएको छ । अब दुइ उम्मेदवारबीचको मतान्तर १० हजार पाँचसय १५ भएको छ ।
धादिङ प्रतिनिधिसभामा कूल १५५ मतदान केन्द्र रहेकोमा १५४ केन्द्रको मात्रै गणना भयो तर एउटा बाँकि रहेको कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरुले पनि वास्ता गरेनन् । पछि फेला परेको मतसंख्या भन्दा पहिले नै मतान्तर बढि भएपछि राजनीतिक दल र उम्मेदवारहरुले मतगणना गर्ने र मतसंख्या सच्याउनेमा सहमती जनाएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |