अब देशभरका नौवटा निर्वाचन क्षेत्रको मत परिणाम आउन बाँकी छ । आइतबार बिहान साढे ९ बजेसम्म १६५ क्षेत्रमध्ये १५६ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।
अहिलेसम्म कांग्रेसले सबैभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४१ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १७ सिट जितेको छ । एकीकृत समाजवादीले १० सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात–सात सिट जितेका छन् । नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।
नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १-१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।
बाँकी रहेका ९ क्षेत्रमध्ये दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ। ६ क्षेत्रको मतगणना जारी छ। जसमा कांग्रेस तीन क्षेत्रमा अगाडि छ । दुई क्षेत्रमा एमाले र एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |