नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आउनेक्रम रहेकोमा कांग्रेस नेता सिंह ओली निवास बालकोट पुगेका थिए ।
भेटमा दुवै नेताले एकअर्कालाई बधाई ज्ञापन गरेको र समसामयिक राजनीतिक विषयहरू छलफल गरेका छन् ।
ओली झापा–५ बाट छैटौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने सिंह काठमाडौं–१ बाट चौथोपटक निर्वाचित भएका छन् ।
पार्टीमा संसदीय दलको नेतामा प्रतिस्पर्धाको तयारी गर्ने बताइरहेका नेता सिंहले चुनावी परिणाम आइनसक्दै एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन् ।
नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले नियमित भेटघाट भएको बताए । ‘पहिले पनि भेट हुन्थ्यो, अहिले भर्खरै चुनाव जितेको, त्यसैले बधाई आदान प्रदान गर्ने गरी भेट भएको हो,’ उनले भने ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |