नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अधिकांश पदाधिकारीको पराजय भएको छ। २१ पदाधिकारीमध्ये जम्मा चार जनाले मात्रै प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गर्दै हुनुहुन्छ । केही पदाधिकारी उम्मेदवार नै बन्नुभएको थिएन भने उम्मेदवार भएका पनि अधिकांश पराजित हुनुपरेको छ ।
हालसम्म निर्वाचित हुने पदाधिकारीमा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत हुनुहुन्छ । सात जना उपमहासचिवमध्ये गिरिराजमणि पोखरेल महोत्तरी–१, मातृका यादव धनुषा–१, पम्फा भुसाल ललितपुर–३ बाट पराजित हुनुभयो । उपमहासचिव हरिबोल गजुरेलको उम्मेदवारी थिएन ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा उम्मेदवार बन्नुभएन । महासचिव देवप्रसाद गुरुङ लमजुङबाट पराजित हुनुभयो । नौ जना सचिवमध्ये देवेन्द्र पौडेल बागलुङ–२ बाट निर्वाचित हुनुभयो । सचिव चक्रपाणि खनाल कपिलवस्तु–१ बाट पराजित हुनुभयो भने अन्य सचिवहरू गणेश साह, दिनानाथ शर्मा, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको उम्मेदवारी थिएन ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |