नेकपा एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर १ मा पुनः मतदानको मागसहित कानुनी उपचार खोज्ने भएको छ ।
एमालेका उम्मेदवार महेश बस्नेतसँग एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल पराजित हुने गरी आएको नतिजालाई अस्वीकार गर्दै पुनः मतदानको मागसहित सो पार्टीले कानुनी उपचार खोज्ने भएको हो ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक अन्तिम चरणमा रहेका बेला मंगलबार पार्टी मुख्यालयमा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले बैठकमा इलाममा पुनः मतदानको लागि कानुनी बाटोमा जानेबारेमा छलफल भएको जानकारी दिएका हुन् ।
नेता खनालले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका बेला पार्टीभित्र पनि पुनः निर्वाचनको माग गर्दै कानुनी उपचार खोज्ने विषयमा छलफल सुरु भएको हो ।
साथै बैठकमा निर्वाचनको समीक्षासहित गठबन्धनको निरन्तरता, दलहरुबीच शक्ति बाँडफाँट गर्ने विषयमा आन्तरिक रुपमा छलफल भएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |