राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी हारको नैतिक जिम्मा आफूले लिने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर लडेका थापा पराजित भएका थिए । उनको पार्टीका अन्य सदस्यले समेत उल्लेख्य मत ल्याउन नसकेकोमा उक्त हारको नैतिक जिम्मा आफूले लिने थापाले बताए ।
मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले चुनावी परिणाम निराशाजनक भएको निष्कर्ष निकालेको छ । पार्टी पुनर्जागृत भएको वर्ष दिन नपुग्दै चुनावमा जानु परेकाले चुनाव जित्न सक्ने संगठन निर्माण हुन नसकेको उसको ठहर छ ।
बैठकमा अध्यक्ष थापाले चुनावी हारको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् । चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभावसहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर छ ।
राप्रपा नेपालको सचिवालय बैठकले निर्वाचनमा देखिएको कमजोरी र भोलिका दिनमा अवलम्बन गर्ने नीतिबारे अध्ययन गरी सुझाव दिन उपाध्यक्ष विष्णु भण्डारीको संयोजकत्वमा समिति बनाएको छ । जसमा बसन्तमान सिंह अधिकारी, सुरेश आचार्य, नरप्रसाद थापा, माधव खत्री, हिक्मतजंग भण्डारी, यवती कार्की, उज्वल पोखरेल, राजाराम बर्तौला छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |