नेपाली कांग्रेस कास्कीले मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टी उम्मेदवारलाई हराउन अन्तर्घात गर्नेलाई कारबाहीको लागि सिफारिस गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीको बिहीबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।
कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार किशोदत्त बराल र प्रदेश सभा तर्फ कास्की १ क का उम्मेदवार दीपक गुरुङलाई अन्तर्घात गरेर हराएको भन्दै बैठकले संलग्नलाई कारबाहीको गर्न सिफारिस गर्ने निर्णय गरेको हो । यी दुवै कांग्रेस उम्मेदवारलाई हराउँदै एमाले उम्मेदवार निर्वाचित भएका छन् ।
कास्की १ बाट एमालेका मनबहादुर गुरुङ र १ क बाट बेदबहादुर गुरुङ निर्वाचित भएका छन् । उनीहरूलाई सहयोग गरेर पार्टी उम्मेदवारलाई हराउने भूमिका खेलेको अन्तर्घातका सम्बन्धमा प्राप्त प्रमाणका आधारमा पार्टी केन्द्रीय कार्यसमिति समक्ष सिधै सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको कास्की सभापति किशोरदत्त बरालले जानकारी दिए । बरालले भने, ‘प्राप्त प्रमाणका आधारमा मात्र कारबाहीका लागि सिफारिस गरिने छ ।’ बैठकले निर्वाचनमा मतदान गर्ने मतदाता, निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाद व्यक्त गरेको छ ।
बैठकले पार्टीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध गरिएको नाराबाजीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ । जब कि केही कार्यकर्ताले नै केसीलाई अन्तर्घातको आरोप लगाएका थिए ।
कांग्रेस कास्कीको बैठकले अन्तर्घातीका प्रमाण प्राप्त भएको र कारबाही सिफारिस गर्ने भने पनि केसीको नाम आधिकारिक रूपमा सार्वजनिक गरेको छैन । बैठकले पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका सबै उम्मेदवारहरू र पालिकाका प्रत्येक वडा कार्यसमितिसँग निर्वाचन अवधि भर भए गरेका गतिविधि र घटनाक्रमहरूलाई समेटेर जिल्ला कार्यसमिति कास्कीमा प्रतिवेदन पेस गर्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बैठक नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा भएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |