राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दा भएको खर्च विवरण सार्वजनिक गरेका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण निर्वाचन आयोग समक्ष पेश गरेको जनाएका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्–मलाई यो उल्लेख गर्दा खुशी लाग्छ कि सोही क्षेत्रबाट ०७४ सालको निर्वाचन लड्दा मैले २१ लाख ५० हजार खर्च गरेको थिएँ र चुनावी अभियानका क्रममा प्राप्त बढी रकम पार्टीलाई बुझाएको थिएँ ।’
पहिलेजस्तै यस पटक पनि उनले निर्वाचन लड्न आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेको थिएँ । निर्वाचन आयोगले तोकेको खर्च सीमा २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएको उनले जनाएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |