जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो ।
पार्टीले प्रतिनिधिसभा समानुपातिक सदस्यमा अनिता साह र वशन्तकुमार कुशवाहा (मेधशी), सोनु मुर्मर र बिनिताकुमारी सिंह (आदिवासी जनजाति), अब्दुल खान (मुस्लिम) र गोमा लामा सापकोटा (खस आर्य)लाई सिफारिस गरेको छ ।
त्यसैगरी प्रदेशसभाको समानुपातिक सदस्यमा मधेस प्रदेशमा बबिता राउत र अनिताकुमारी साह (मधेशी महिला), चन्दनकुमार सिंह (मधेशी अल्पसंख्यक), रञ्जुकुमारी खंग (खत्वे) (दलित महिला), वशन्तकुमार कुशवाहा (मधेशी, हसिना खातुन (मुस्लिम महिला) र भाग्यश्री कुमारी चौधरी आदिवासी जनजाती महिला सिफारिस गरिएको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
पार्टीले लुम्बिनी प्रदेशमा समानुपातिक सदस्यमा सुमन शर्मा रायमाझी र आदिवासीतर्फ गिता गुरुङलाई सिफारिस गरेको छ ।
जनमत पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा मधेस प्रदेशमा छ र लुम्बिनीमा एक गरी सात प्रदेशसभा सदस्य जितेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |