समानुपातिकतर्फ सीट प्राप्त गरेका दलले पेश गरेको उम्मेदवारको सूची सोमबार(आज) ४ बजेसम्म सच्याउन पाउने भएका छन् । निर्वाचन आयोगले पेश गरेको नामावली सच्याउनका लागि दललाई समय दिएको छ ।
त्रुटि गरेर समानुपातिक उम्मेदवारको नाम पठाउने राजनीतिक दललाई सच्याएर पुनः विवरण पठाउन आज दिउँसो ४ बजेसम्मका लागि समय दिइएको आयोगको समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्तासमेत रहेका उपन्याधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभाअन्तर्गत दलले बुझाएको समानुपातिक उम्मेदवारको विवरणमा सच्याउनुपर्ने अवस्था भने नरहेको बताए ।
आयोगले दलबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिने र प्रमाणपत्र वितरण गरिने छ ।
निर्वाचन आयोगका अनुसार १४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारको नामावली पेश गरिसकेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |