नेपाली कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो नभेट्दा चुनाव चिह्न रुखको फोटो राखेर काम चलाएको छ । गत वर्ष १४औँ महाअधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरुको फोटो नपाएपछि कांग्रेसले रुखको फोटो राखेर काम चलाएको हो ।
गत वर्षको मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन भएको थियो । उक्त महाधिवेशनबाट चयन भएका केन्द्रीय कार्यसमिति सदस्यको नाम कांग्रेसको आधिकारिक वेबपेजमा राखिएको छ । उक्त नाम राख्नेक्रममा ६३ जनाको फोटो राखिएको छैन भने बाँकीको तस्बिर राखिएको छ ।
महाअधिवेशन भएको एक वर्ष पूरा भइसक्दा पनि कांग्रेसले आफ्नै केन्द्रीय सदस्यको फोटो राख्न नसकेर रुखको तस्बिर राखेको छ । साथै नामको तल सामाजिक सञ्जालको लिंकका लागि लोगो राखिएको छ । तर, लोगो राखिएकोमा क्लिक गर्दा फेसबुक र ट्वीटरमा खुल्दैन ।
१४७ जनाको नाम राखिएको केन्द्रीय कार्यसमिति सदस्यको तालिकामा ६३ जना सदस्यको फोटो छैन ।
फोटो नराखिएका केन्द्रीय समिति सदस्यहरू
मिनाक्षी झा, केशवकुमार बुढाथोकी, कल्याणकुमार गुरुङ, कर्णबहादुर बुढा, कल्पना चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, नारायणबहादुर कार्की, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, मदनबहादुर अमात्य, राजीव कोइराला, अब्दुल रज्जाक, टेकबहादुर गुरुङ, प्रदीपकुमार सुनुवार, चन्द्रबहादुर के.सी., मानबहादुर नेपाली, अब्दुल सत्तार, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार के.सी., डा. रणबहादुर रावल, अर्जुनजंगबहादुर सिंह, दिलमान पाख्रिन, महेन्द्र कुमारी लिम्बू, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय। चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल, तिवारी, मञ्जु खाण, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, सुशीला भट्ट, मिश्र, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, नृपबहादुर बड, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के.सी, सुशीला थिङ, माया राई, सुशीला ढकाल (आचार्य), गणेश लामा, रूपा वि.क. र विद्यादेवी तिमिल्सीना
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |