इंग्लिस क्लब चेल्सीले युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ । एफसी साल्जबर्गको मैदानमा मंगलबार २-१ को जित दर्ता गर्दै चेल्सी अन्तिम १६ मा अघि बढेको हो ।
चेल्सीको जितमा माटियो कोभाचिच र काइ हाभर्ट्जले १-१ गोल गरे । साल्जबर्गका लागि जुनिअर अडामुले बराबरी गोल गरेका थिए । चेल्सीले खेलको २३ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । कोभाचिचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट प्रहार गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा अग्रता लिएको चेल्सीको अग्रता दोस्रो हाफको सुरुवातसम्म मात्र टिक्यो । ४८ औं मिनेटमा घरेलु टोलीले काउन्टर अट्याकमा सुन्दर गोल गर्यो । वोबरको लामो क्रसमा अडामुले गोल गर्दै खेल बराबरीमा ल्याए । तर ६४ औं मिनेटमा हाभर्ट्जले चेल्सीको अग्रता पुन: स्थापना गरे । उनले पुलिसिचको पासलाई नियन्त्रणमा लिँदै गरेको प्रहार टप कर्नरमा छिरेको थियो ।
चेल्सीले समूह ई मा ५ खेल खेल्दै १० अंक जोडेको छ । दोस्रो स्थानको साल्जबर्गभन्दा चेल्सीको ४ अंक बढी छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |