सुपर–१२ समूह–२ को अन्तिम खेलमा जिम्बावेलाई ७१ रनले पराजित गर्दै टिम इन्डिया टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतसँगै न्युजिल्यान्ड, इंग्ल्याण्ड र पाकिस्तानका टोली पनि अन्तिम चारमा पुगेका छन् ।
पाकिस्तानले नोभेम्बर ९ मा सिड्नी क्रिकेट मैदानमा पहिलो सेमिफाइनलमा न्युजिल्याण्डको सामना गर्नेछ। योसँगै नोभेम्बर १० मा हुने दोस्रो सेमिफाइनलमा भारतले इङ्ल्यान्डसँग एडिलेडमा खेल्नेछ। इङ्गल्याण्डविरुद्ध भारत र पाकिस्तान र न्यूजिल्याण्ड बिचको खेलको ट्र्याक रेकर्ड हेरौँ ।
पाकिस्तान–न्युजिल्याण्ड
पाकिस्तान लगातार दोस्रो पटक र समग्रमा छैटौं पटक टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डको टोली लगातार तेस्रो पटक र समग्रमा चौथो पटक अन्तिम चारमा पुगेको छ । यी दुई टोली टी–२० अन्तर्राष्ट्रियमा २८ पटक आमनेसामने भएका छन् । पाकिस्तानले १७ पटक जितेको छ । न्युजिल्याण्डले ११ खेल जितेको छ ।
टी–२० विश्वकपमा यी टोली अहिलेसम्म ६ पटक भिडेका छन् । पाकिस्तानले ४ र न्युजिल्यान्डले २ मा जितेको छ । सन् २००७ को विश्वकपको सेमिफाइनलमा पनि पाकिस्तानले न्युजिल्याण्डको सामना गरेको थियो । त्यसमा पाकिस्तानले जित्यो ।
इंग्ल्यान्डमाथि टीम इन्डियाको अग्रता
टी–२० विश्वकपमा भारत र इंग्ल्याण्ड अहिलेसम्म ३ पटक भिडेका छन् । टीम इन्डिया २ खेल जितेको छ । इंग्ल्याण्डले १ खेल जितेको छ ।
दुई टोलीबीचको पहिलो भिडन्त सन् २००७ को विश्वकपमा भएको थियो । यो खेलमा युवराज सिंहले स्टुअर्ट ब्रोडको एक ओभरमा ६ छक्का प्रहार गरेका थिए । भारत १८ रनले विजयी भएको थियो।
सन् २००९ को टी–२० विश्वकपमा इंग्ल्याण्डले भारतलाई ३ रनले हराएको थियो । सन् २०१२ को टी(२० विश्वकपमा टीम इन्डियाले इंग्ल्याण्डलाई ९० रनले हराउँदै एकतर्फी जित हात पारेको थियो।
टी–२० विश्वकपको नकआउट खेलमा अहिलेसम्म भारत र इंग्ल्याण्डबीच कुनै खेल भएको छैन ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |