नेपाल र पाहुना टोली युनाईटेड अरब इमिरेट्स (युएई) बीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ।
नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ। खेल अघि दुवै टीमका प्रशिक्षक र कप्तानले राम्रो प्रदर्शन गर्दै सिरिज जित्ने दावी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित प्री म्याच कन्फ्रेन्समा नेपाली क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरणले नेपाली खेलाडीको प्रदर्शन सुधार हुँदै गएकाले राम्रो नजिता निकाल्ने बताए। उनले सिरिज नेपालका लागि चुनौती र अवसर भएको जिकिर गरे।
त्यस्तै नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले युएईसँगको सिरिजका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको र नेपालका लागि अवसर भएको बताए। उनले कप्तानको भूमिका दबाबभन्दा पनि दायित्वका रूपमा उपयोग गर्ने उल्लेख गरे।
प्री म्याच कन्फ्रेन्समा युएईका प्रशिक्षक रोविन सिंहले नेपालसँगको शृंखलाबाट अनुभव प्राप्त हुने भएकाले अवसरका रूपमा लिएको बताए। युएईका कप्तान सिपी रिजवनले नेपालमा आएर खेल्न पाएकोमा खुसी व्यक्त गरे।
नेपाल र युएईले पहिलो खेल कात्तिक २८ गते सोमबार, दोस्रो खेल ३० गते र तेस्रो खेल मंसिर २ गते खेल्ने छ।
सिरिजका लागि क्यानले सिरिजको टिकट मूल्य २ सय राखिएको जनाएको छ। यस्तै सिरिजमा प्लेयर अफ द सिरिज बन्ने खेलाडीले नगद ५० हजार पाउने छन्। हरेक खेलको म्यान अफ द म्याचले २० हजार नगद पाउने छन्।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |