नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ कप्तान रोहित कुमार पौड्यलले देशको प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताएका छन् । रोहितलाई नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार नयाँ कप्तानको जिम्मेवारी दिएको थियो ।
रोहितले राष्ट्रिय टोलीको कप्तान नियुक्त भएपछि धेरै गर्व र खुसी लागेको बताए । ‘देशको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सधैं गौरवको कुरा हो । राष्ट्रिय टोलीको कप्तान नियुक्त भएपछि धेरै गर्व र खुशीलागेको छ । माया र साथ दिनुहुने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु,’ रोहितले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
राष्ट्रिय टोलीका नियमित कप्तान सन्दीप लामिछानेलाई बलात्कार आरोप लागेकै दिन क्यानले बर्खास्त गरेको थियो । त्यसपछि रोहितलाई क्यानले कप्तानको जिम्मेवारी दिएको हो । रोहितले आफूलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएकोमा क्यानलाई पनि धन्यवाद व्यक्त गरेका छन् । उनले आफूले पाएको जिम्मेवारी पूर्णरुपमा समर्पणका साथ पालना गर्ने बताए ।
‘मलाई विश्वास गरी यो अवसर प्रदान गरेकोमा नेपाल क्रिकेट संघ क्यानलाई विशेष धन्यवाद । यो जिम्मेवारीलाई पूर्ण समर्पणका साथ लिन म कुनै कसर छोड्ने छैन । उत्कृष्ट टोलीका साथ हातेमालो गर्दै नेपाली टोलीलाई सफल बनाउन हामी कुनै कुरामा चुक्ने छैनौं,’ रोहितले भनेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |