

आगामी अर्थात नोभेम्बर २० देखि कतारमा सुरू हुने फिफा विश्वकप फुटबलका लागि कूल ८३१ खेलाडी दर्ता भएका छन् । कतार विश्वकप खेल्नका लागि ३२ राष्ट्रबाट कूल ८३१ खेलाडी छनोट भएका हुन् ।
विश्वकपका लागि मंगलबारसम्म टिम लिस्ट दर्ता गर्नुपर्ने समय थियो । त्यसै अनुसार सहभागी ३२ वटै राष्ट्रले टिम घोषणा गरिसकेका छन् ।
मंगलबार फिफाले सबै टिमको सूची सार्वजनिक गर्दै कूल ८३१ खेलाडी रहेको जनाएको छ । इरानले २५ सदस्यीय टिम घोषणा गरेको छ भने बाँकी सबैले २६ जनाको टोली घोषणा गरेको छ । विश्वकपमा अन्तिम टोलीमा २६ खेलाडी राख्न पाउने नियम भए पनि इरानले २५ जनाको टोली घोषणा गरेको हो ।
यसअघि २३ जनाको टोली रहँदै आएकोमा यस पटक संख्या बढाइएको हो । कोभिड(१९ पछि अन्तर्राष्ट्रिय फुटबलमा २६ खेलाडी राख्न थालिएको थियो र विश्वकपमा पहिलो पटक हरेक टिममा २६ खेलाडी राखिएको हो ।
विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी लगातार पाँचौ पटक विश्वकप खेल्ने तयारीमा छन् । त्यसमध्ये मेसीले अहिलेसम्म विश्वकपमा १९ खेल खेलेका छन् । यदि उनको टिम अर्जेन्टिना कतार विश्वकपको फाइनल पुगेमा र मेसीले सबै ७ खेल खेलेका उनी सर्वाधिक खेल खेल्ने खेलाडीसमेत हुनेछन् ।
अहिले विश्वकपमा सर्वाधिक २५ खेल खेल्ने कीर्तिमान जर्मनीको लोथर म्याथ्युजको नाममा छ ।
कतार विश्वकपका खेल्नका लागि घोषणा भएका मध्ये सबैभन्दा पाका खेलाडी क्यानडाका अतिबा हुचिनसन हुन् । ३९ वर्ष २८५ दिनका उनी सबैभन्दा पाका कप्तान समेत हुन् ।
यस्तै सबैभन्दा युवा खेलाडी जर्मनीका युसोफा माउकोको हुन् । उनी १८ वर्षका छन् । यस्तै सबैभन्दा कान्छा कप्तान इंग्ल्याण्डका ह्यारी केन हुन् । उनी २९ वर्ष ११५ दिनका भए ।
यसैगरी सबैभन्दा बुढा प्रशिक्षक नेदरल्याण्ड्सका लुइ भान हाल हुन् । उनी ७१ वर्ष १०४ दिनका भए । सबैभन्दा कान्छा प्रशिक्षक अर्जेन्टिनाका लिओनल स्कालोनी ४४ वर्ष १८८ दिनका भए ।
अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी र कप्तान मेसीले २००६ को विश्वकपमा सँगै खेलेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |