दोस्रो एक दिवसीय खेलमा नेपालले युएईलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो । युएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो ।
जितसँगै सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । सोमबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपालले युएईलाई ८४ रनको नतिजा सुम्पिएको थियो ।
नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । आरिफ शेखले अविजित ३३ रन, सोमपाल कामीले १६ रन, कुशल भुर्तेलले ३५ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्लले २६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १३ रन जोड्दा कप्तान रोहित पौडेलले ८ रन जोडे ।
युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिए ।
यसअघि टस जितेर सुरुआती ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा १० विकेट गुमाउँदै १९१ रन बनाएको थियाे ।
युएईका लागि वसीम मुहम्मदले अर्धशतकिय पारी खेले । उनले ३ चौका र ४ छक्काको मद्दतमा ५० रन जोडे । अन्य खेलाडीले अर्धशतकिय पारी खेल्न सकेनन् । वृत्य अरविन्दले २५, सीपी रिजवानले २२, अलिशान शराफुले ३५, विष्णु सुकुमारनले १५ र बासिल हमिदले २४ रनको योगदान गरे ।
नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले समान तीन/तीन विकेट लिए । करण केसी, गुलशन कुमार झा, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेलको नाम एक/एक विकेट रह्यो ।
युएई र नेपालबीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |