नेपालले युएईविरुद्धको तीन एक दिवसीय सिरिजको उपाधि जितेको छ । शुक्रबार भएको अन्तिम तथा निर्णायक खेलमा युएईलाई विकेटले पराजित गर्दै नेपालले सिरिज २-१ ले जितेको हो ।
सोमबारबाट सुरु भएको सिरिजमा पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा तीन ६ विकेटको जित निकालेको थियो ।
शुक्रबार टियु क्रिकेट मैदानमा भएको तेस्रो खेलमा युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखले अर्धशतकिय पारी खेले । मल्लले ७३ बलमा ७ चौका र ३ छक्काको मद्धतमा ६४ रनको योगदान गरे । शेखले नटआउट रहँदै ११९ बलमा १२ चौकाको मद्धतमा ८८ रन बनाए । अर्का ओपनर अर्जुन साउद ९ रनमै आउट भए ।
कप्तान रोहित पौडेल १० रनमा रनआउट भए । हरिशङ्कर शाह शून्य रनमै अविजित रहे भने दिपेन्द्र सिंह ऐरी पहिलाे बलमै रन आउट भए ।
युएईका हजरत बिलाल र आयान अफजल खानले एक/एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । युएईका लागि हजरत बिलाल र आयान अफजल खानले उत्कृष्ट साझेदारी गरे । एक समय ३१.१ ओभरमा ९३-९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै अविश्वसनीय पूनरागमन गराए ।
बिलालले २० रन बनाउँदा खानले ५४ रनको योगदान गरे । ओपनर मोहम्मद वसीमले ११ रन बनाउँदा वृत्य अरविन्द शून्यमै आउट भए । सीपी रिजवानले ४, रोहन मुस्तफाले २४, अलिशान शराफुले ३३, बासिल हमिदले ८, विष्णु सुकुमारनले २ रन बनाए । अहमद रजा र जहुर खान शून्यमै आउट भए ।
नेपालका बलरहरुले उत्कृष्ट बलिङ गरे । गुलसन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान दुई/दुई विकेट लिएका छन् । ललित राजवंशी र सोमपाल कामीको नाममा एक/एक विकेट रह्यो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |