आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबिया भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नामिबियामा हुने त्रिदेशीय एकदिवसीय शृंखलाका लागि १४ सदस्यीय राष्ट्रिय टिम सार्वजनिक गरेको हो ।
नेपाली टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले यसअघि त्रिवि क्रिकेट मैदानमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको एकदिवसीय शृंखला खेलेका तीन खेलाडीलाई बाहिर राखेका छन् ।
नामिबिया भ्रमणका लागि घोषित टिममा नन्दन यादवले स्थान बनाउँदा यूएईविरुद्धको शृंखलामा टिममा समेटिएका आदिल आलम, भीम सार्की र कमलसिंह ऐरी अटाएनन् ।
नामिबियामा नेपालले घरेलु टिम र स्कटल्यान्डसँग त्रिदेशीय शृंखला खेल्नेछ । शृंखला आउँदो डिसेम्बर २ देखि डिसेम्बर ८ सम्म हुनेछ ।
नेपाली टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुल्सन झा, करण केसी, हरिशंकर साह र नन्दन यादव ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |