घरेलु टोली न्युजिल्यान्डलाई भारतले पहिलो टी २० खेलमा ६५ रनले पराजित गरेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा १ ० को अग्रता बनाएको छ । एक सय ९२ रनको लक्ष्य पाएर प्रत्युत्तरमा ब्याटिङ गर्न आएको न्युजिल्यान्ड १८.५ ओभरमा सवै विकेट गमाउँदै एक सय २६ रनमा समेटियो ।
न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ६१ रन बनाए । डेभोन कोन्वेले २५, ग्लेन फिलिप्सले १२ तथा ड्रयाल मिचेलले १० रन जोडेका थिए । भारतका दीपक होडाले सर्वाधिक ४ विकेट लिए । मोहमद सिराज र युजभेन्द्र चाहलले समान दुई विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९१ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले अविजित एक सय ११ रनको शतकीय इनिङ्स खेले । यसैगरी इशान किशनले ३६ रन जोडे । न्युजिल्यान्डका टिम साउथीले सर्वाधिक तीन विकेट लिएका थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |