

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत शृंखलाका लागि नामिबिया जानुअघि नेपाली क्रिकेट टोलीले एक साता भारतमा प्रशिक्षण गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार नामिबिया जाने टोलीलाई बिदाई गरेको हो । नेपाली टोली भारतमा एक साताको अभ्यासपछि नामिबिया प्रस्थान गर्नेछ ।
नेपाली टोलीलाई क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र केन्द्रीय सदस्य दुर्गाराज पाठकले बिदाई गरे । क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा नामिबिया भ्रमणमा जाने १४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।
शृंखलामा नेपालले घरेलु टोली नामिबिया र स्कटल्यान्डको सामना गर्नेछ । नेपाल २० खेलमा १७ अंकसहित छैटौँ स्थानमा छ भने नामिबिया २४ खेलमा २८ अंकसहित चौथो स्थानमा छ । स्कटल्यान्ड भने २८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा छ ।
नेपालको टोलीः
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |