कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
वेल्स र इरान पहिलो जितको खोजीमा हुनेछन् । वेल्सले पहिलो खेलमा बराबरी खेलेको थियो भने इरान पराजित भएको थियो ।
दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । कतार र सेनेगलबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । पहिलो खेल गुमाएका कतार र सेनेगल दुबै टोली पहिलो जितको योजनामा रहेका छन् ।
विश्वकप अन्तर्गत नै शुक्रबार हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । नेदरल्यान्ड्स र इक्वेडर लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
त्यस्तै चौंथो खेलमा इंग्ल्यान्डले अमेरिकाको सामना गर्नेछ । समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड र अमेरिकाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ । अमेरिका पहिलो जित निकाल्न चाहन्छ ।
विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |