

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल(नेशनल प्याब्सन) कास्कीको आयोजनामा यही मङ्सिर २० गतेदेखि २३ गतेसम्म १३औँ नेशनल प्याब्सन खेलकुद महोत्सव–२०७९ हुने भएको छ ।
महोत्सवबारे जानकारी दिने उद्देश्यले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले “एन प्याब्सन कास्कीको मान्यताः विद्यालय शिक्षामा खेलकुदको अपरिहार्यता” भन्ने नारासाथ महोत्सव गर्न लागिएको बताउनुभयो ।
पोखरा रङ्गशालामा गर्न लागिएको महोत्सवबाट एन प्याब्सनसँग आबद्ध विद्यालयको शैक्षिक एवं सहक्रियाकलाप लगायत विविध क्षेत्रको उन्नति र प्रगतिमा टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । आधारभूत र माध्यमिक तहमा छात्र र छात्रा समूहमा विभिन्न विधामा खेल खेलाउन लागिएको उहाँले जानकारी दिनुभयो ।
एन प्याब्सन कास्कीमा ५० विद्यालय आबद्ध रहेका वरिष्ठ उपाध्यक्ष शिवदत्त तिवारीले बताउनुभयो । महोत्सवमा सात हजार खेलाडी प्रतिस्पर्धामा सहभागी बन्ने र लगभग २५ हजार अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |