कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरु हुँदैछन् ।कतार विश्वकपमा शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
ट्युनिसिया र अष्ट्रेलिया आज पहिलो जितको खोजीमा हुनेछन् । ट्युनिसियाले पहिलो खेलमा बराबरी खेलेको थियो भने अष्ट्रेलिया पराजित भएको थियो ।
दोस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।पहिलो खेलमा बराबरी खेलेको पोल्याण्ड पहिलो जितको खोजीमा रहेको छ । साउदी भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
विश्वकप अन्तर्गत नै शनिबार हुने तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
फ्रान्स लगातार दोस्रो जितको योजनामा रहेको छ । डेनमार्क पहिलो जित निकाल्न चाहन्छ ।
त्यस्तै चौंथो खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा हार व्यहोरेको अर्जेन्टिना पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा बराबरी खेलेको मेक्सिको पनि पहिलो जित निकाल्न चाहन्छ ।
मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |