कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दै अंक बाँडेका छन् ।खालिफा अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने नेदरल्यान्ड्सले बनाएको थियो ।खेलको छैटौं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, नेदरल्यान्ड्सले दोस्रो हाफमा अग्रता जोगाउन सकेन ।खेलको ४९ औं मिनेटमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसअघि पहिलो हाफको इन्जुरी समयमा इक्वेडरका प्लाटा स्टुपिनानले गोल गरेका थिए । तर, भीएआरले अफसाइड गोल देखाएपछि उनको गोलले मान्यता पाएन ।
यस बराबरीसँगै समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र इक्वेडरले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
इक्वेडर ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २-० ले हराएको थियो । यस्तै इक्वेडरले आयोजक कतारलाई २-० ले नै हराएको थियो ।
यस समूहमा सेनेगल ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहबाट कतार भने समूह चरणबाट बाहिरिएको छ ।लगातार दुई हार ब्यहोरेको कतारले अंक जोड्न सकेको छैन ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |