क्रोएसियासँग ४–१ ले पराजित भएसँगै उत्तर अमेरिकी टोली क्यानाडा समूह चरणको एक खेल अगावै कतार विश्वकप २०२२ बाट बाहिरिएको छ ।
आइतबार राति क्रोएसियाको जितमा आन्द्रेज क्रामारिचले दुई गोल गरे । यसैगरी इभान पेरिसिच र जोसिप जुरानोभिचले एक एक गोल गरेका थिए । अल खालिफा रंगशालामा अल्फोन्सो डेभिसले क्यानाडाको लागि अग्रता दिलाएका थिए ।
समूह ‘एफ’को खेलमा मोरक्कोले फिफा विश्व वरियताको दोस्रो स्थानमा रहेको बेल्जियमलाई २–० ले हराएको थियो । समूह ‘ई’को खेलमा स्पेनसँग सात गोल खाएको कोस्टारिकाले जर्मनीलाई पराजित गरेको जापानमाथि १–० को जित हासिल गर्याे ।
समूह ‘एफ’मा क्रोएसिया र मोरक्को समान चार अंकका साथ नकआउट चरण प्रवेशको प्रतिस्पर्धामा अगाडि छन । बेल्जियम तीन अंकका साथ तेस्रो स्थानमा रहँदा क्यानाडाले अंकको खाता खोल्न सकेको छैन ।समूहको अन्तिम खेलमा क्यानाडाले मोरक्को तथा क्रोएसियाले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |