कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा सोमबार समूह चरण अन्तर्गत समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा समूह ‘जी’ मा रहेको क्यामरुन र सर्बिया बीच प्रतिस्पर्धा हुनेछ । क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
क्यामरुन र सर्बिया आज पहिलो जितको खोजीमा हुनेछन् । क्यामरुन र सर्बियाले पहिलो खेल हार व्यहोरेका थिए ।
दोस्रो खेलमा समूह ‘एच ‘ को दक्षिण कोरिया र घाना बीच प्रतिस्पर्धा हुनेछ । कोरिया र घाना बीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा बराबरी खेलेको दक्षिण कोरिया पहिलो जितको खोजीमा रहेको छ । घाना पनि पहिलो दोस्रो जित चाहन्छ ।
विश्वकप अन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । समूह ‘जी’ मा रहेको ब्राजिल र स्विट्जरल्यान्ड खेल राति ९:४५ बजे सुरु हुनेछ ।
ब्राजिल र स्विट्जरल्यान्ड लगातार दोस्रो जितको योजनामा रहेका छन् ।
त्यस्तै चौंथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ‘जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
पोर्चुगल लगातार दोस्रो जितको योजनामा रहेको छ । उरुग्वे पनि पहिलो जितको योजनामा रहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |