कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया विरुद्ध खेल्दैछ । समूह डी अन्तर्गत खेलका लागि फ्रान्सले टिममा ९ खेलाडी परिवर्तन गरेको छ ।
यसअघि नै समूहको दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको फ्रान्सले पहिलो रोजाईँको दुई खेलाडी बाहेक बाँकी स्थानमा परिवर्तन गरेको हो । यसअघि डेनमार्कलाई २-१ ले पराजित गरेको टिममा पहिलो रोजाईँमा खेलेका ११ मध्ये राफेल भरान र ओरेलियन चुवामेनी मात्र ट्युनिसिया विरुद्ध पहिलो रोजाईँमा छन् ।
फ्रान्सले अष्ट्रेलिया र डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाइसकेको अवस्थामा अन्य खेलाडीलाई पहिलो रोजाईँमा अवसर दिएको हो । नियमित गोलकिपर तथा ह्युगो लोरिसलाई आराम दिँदा भरानले कप्तानी गरेका छन् ।
गोलकिपरमा स्टेभ मानडान्डा छन् भने भरानसहित इब्राहिम कोनाटे एक्सल डिसासी र एडुअर्डो कामाभिंगालाई डिफेन्समा खेलाइएको छ । चुवामेनी, युसुफ फोफाना र जोर्डन भेरेटोट मिडफिल्ड तथा किंगसले कोमन, माटेओ गुएनोउजी र रान्डल कोलो मुअनी फरवार्डमा छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |