जर्मनी कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।कोस्टारिकालाई ४-२ गोल अन्तरले पराजित गरेपनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो ।
रोमान्चक खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, ५८ औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १-१ गोलको बराबरीमा ल्याए ।
७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाए ।खेलको ७३ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका काइ हार्भट्जले गोल गर्दै जर्मनीलाई २-२ को बराबरीमा ल्याए ।
खेलको ८५ औं मिनेटमा हार्भट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई ३-२ को अग्रता दिलाए ।त्यसपछि खेलको ८९ औं मिनेटमा निकलस फुल्करुगले गोल गर्दै जर्मनीलाई ४-२ को जित दिलाए ।
जितका बाबजुत समूह ‘ई’ मा जर्मनी तेस्रो स्थानमा रह्यो । र, प्रतियोगिताबाट बाहिरिएको छ।जर्म्मानी लगातार दोस्रो पटक समूह चरणबाट बाहिरिएको हो ।
जर्मनीले ३ खेलमा ४ अंक जोड्यो ।यस समूहमा स्पेन ४ अंक जोडेपनि गोल अन्तरमा अघि रहदै दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको छ ।
कोस्टारिका ३ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |