

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट अर्थात् राउण्ड अफ १६ का खेलहरु सुरु हुँदैछ । शनिबार राउण्ड अफ १६ का दुई खेलहरु हुनेछन् ।
राउण्ड अफ १६ को पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा रहेका छन् ।
नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिका भने समूह ‘बी’ को उपविजेता बनेको थियो ।
यस्तै दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे सुरु हुनेछ ।
उपाधि दाबेदार अर्जेन्टिना अष्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ । अष्ट्रेलिया पनि अर्जेन्टिनालाई घर पठाउदै अघि बढ्ने योजनामा रहेको छ ।
अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |