

ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।सोमबार राति भएको राउण्ड अफ १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोल अन्तरले हराउँदै ब्राजिल अन्तिम आठमा पुगेको हो ।
स्टेडियम ९७४ मा ब्राजिलले दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो ।खेलको सातौं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए । उनले राफिन्हाको पासमा उत्कृष्ट गोल गरे ।
खेलको १३ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई २-० गोलको अग्रता दिलाए ।दक्षिण कोरियाका वु योङ जोङले रिचार्लिसनलाई आफ्नो पेनाल्टी क्षेत्रमा लडाएपछि ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो। जसमा नेयमारले सहजै गोल गरे ।
२९ औं मिनेटमा थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दा ब्राजिल ३-० ले अघि रह्यो ।खेलको ३६ औं मिनेटमा लुकास पाक्वेटाले भिनिसियसको पासमा गोल गर्दै ब्राजिललाई ४-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा दक्षिण कोरियाका पाइक सुएङ-होले एक गोल फर्काएपनि ब्राजिल ४-१ ले विजयी भयो ।अब ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियाको सामना गर्नेछ ।
क्रोएसिया जापानलाई हराएर अन्तिम आठमा प्रवेश गरिसकेको छ ।दक्षिण कोरिया भने विश्वकपबाट बाहिरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |