विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न नामिबिया पुगेको नेपाली टिम जितविहीन बनेको छ । बिहीबार भएको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्यान्डसँग ८ विकेटले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो ।
नेपाल र नामिबियाबीचको पहिलो खेल नजिताविहीन भएको थियो । दोस्रो खेलमा स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा नामिबियासँग ८६ रनको पराजित भएसँगै जितविहीन बनेको छ ।
बिहीबार स्कटल्यान्डसँग टस जितेर ब्याटिङ रोजेको नेपालले ३५.३ ओभरमा अल आउट हुँदै उक सय १९ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको स्कटल्यान्डले १७ ओभरमा मात्र दुई विकेट गुमाएर एक सय २१ रनसहित लक्ष्य पूरा गर्यो ।
नामिबियाका लागि विकेटकिपर-ब्याटर जर्ज मुन्से ४५ रन बनाएर पेभेलियन फर्किँदा क्रिस्टोफर म्याकब्राइडले अविजित ४६ रन जोडे। नेपालका लागि गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए ।
पहिलो इनिङमा नेपालका लागि कप्तान रोहित पौडेले ४७ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |