कतार विश्वकप २०२२ का लागि तयार गरिएको अस्थायी रंगशाला ९७४ भत्काउने काम सुरु गरिएको छ। विश्वकपकै लागि मात्र निर्माण गरिएको स्टेडियम ९७४ पूर्ण रुपमा भत्काइने भएको हो।
कतार विश्वकपमा आफ्नो पहिलो खेल आयोजना गरेको दुई सातापछि, ब्राजिल र दक्षिण कोरियाबीचको राउण्ड अफ १६ नकआउट खेलपछि यो स्टेडियम गत सोमबारदेखि बन्द भएको थियो।
एक रिपोर्टका अनुसार भत्किएको रंगशाला उरुग्वेमा सन् २०३० को विश्वकपका लागि पुनर्निर्माण गरिने बताइएको छ। ढुवानी कन्टेनर र मोड्युलर स्टिलबाट पूर्ण रूपमा निर्माण गरिएको थियो।
बन्दरगाह क्षेत्रमा अवस्थित र दोहाको तटीय सहरको दृश्यमा, स्टेडियम ९७४ मा फ्यानहरूले अरबी खाडीबाट भित्रिने चिसो हावाको अनुभव समेत गरेका थिए। प्रतियोगिता पछि, कन्टेनर र सुपर-स्ट्रक्चर पुनः प्रयोग गरिनेछ।
स्टेडियम ९७४ करिब ४० हजार दर्शक क्षमताको रहेको थियो। यस रंगशाला ९७४ वटा शिपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको थियो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |