काठमाण्डौ । एएफसी एशिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ।
खेल नेपाली समयअनुसार राति पौने ८ बजे देखी मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा शुरु हुनेछ।
फिफा वरीयातमा मलेसिया एक सय ३२औँ र नेपाल एक सय ७५औँ स्थानमा छ ।
नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन। नेपाल र मलेसियाबिच अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय खेल भएकामा नेपाल छ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो।
नेपाल र मलेसियाबिच पछिल्लो पटक सन् २०१९ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २–० गोलले पराजित भएको थियो।
यो पटकको छनोटमा एशियाका २४ टिमलाई छ समूहमा विभाजित गरिएको छ।नेपाल समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ।
होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि हरेक समूहको शीर्ष टोली एशियन कपमा छनोट हुनेछ। मलेसियासँगको यो खेल नेपालको होम म्याच हो।
तर दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता नपाएको कारण नेपालले मलेसियामा खेल्न परेको हो।
नेपालले गएको शुक्रवार अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा सिङ्कापुरलाई १–० ले हराएको थियो।
सिङ्गापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताएका छन्। filephoto
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |