

कब्जियतका कारण, दाँतले जिभ्रो टोकिँदा वा अन्य कुनै पनि कारणले गर्दा मुख र जिभ्रोमा खटिरा आउन सक्छ । मुखमा खटिरा आउँदा खान पिउन र निल्न असाध्यै गाह्रो हुन्छ । यो समस्याले ग्रस्त हुनुहुन्छ भने पनि नआत्तिनुस् ।
यसको घरेलु उपचार सम्भव छ ।
लिकोरिस वा मुलेठी
मुलेठीको काँढा बनाएर चिस्याउनुस् अनि कपडा वा चियादानीले छान्नुस् । अनि यसको पानीले दिनमा तीनचारचोटि कुल्ला गर्नुस् । मुख र जिभ्रोका खटिरा हराउँछन् ।
घिउकुमारी
घिउकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ अनि खटिरा पनि छिट्टै निको हुन्छ ।
नरिवल पानी
नरिवलको पानीले पनि खटिरा ठीक पार्छ ।
हरियो धनियाको रस
धनियालाई पानीमा उमाल्नुस् । अनि त्यसको पानी छानेर चिस्याउनुस् र कुल्ला गर्नुस् । खटिरा गायब भइहाल्छन् ।
मह
महलाई पानीमा मिसाएर कुल्ला गर्दा पनि खटिरा हराउँछन् ।
अलैंची चूर्ण
अलैंचीको धूलोलाई महमा चोपेर खटिरामा लगाउने अनि -र्याल चुहाउने हो भने पनि खटिरा बिलाउँछन् ।
अम्बाका पात
अम्बाका पातलाई उमालेर कुल्ला गर्दा गला र जिभ्रो सफा हुन्छ अनि खटिरा पनि हराउँछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |