

छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य सेवा विभागले गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउने तयारी भइरहेको जानकारी दिए। उक्त खोप नयाँ भेरियन्टका लागि प्रभावकारी रहेको पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेपछि खोप ल्याउने तयारी भइरहेको हो ।
सचिव पोखरेलका अनुसार स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले औषधि व्यवस्था विभागसँग अनुमतिसमेत मागिसकेको छ । महाशाखाका निर्देशक डा. विवेककुमार लालले विभागबाट आकस्मिक प्रयोगका लागि अनुमति पाउनासाथ कोभ्याक्समा पठाउने जानकारी गराए ।
उनले १५ लाख मात्रा खोप आउने जानकारी दिए । यसअघि अध्यादेशमार्फत आकस्मिक प्रयोगका लागि खोपको अनुमति दिइने गरेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |